बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

मैत्रीपूर्ण खेलका लागि बंगलादेशको फुटबल टीम आज नेपाल आउँदै

दैनिक नेपाल २०७९ असोज ७ गते १६:५३

काठमाडौं, ७ असोज । एक मैत्रीपूर्ण खेलका लागि बंगलादेशी पुरुष फुटबल टिम आज (शुक्रबार) नेपाल आउने भएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाको अनुसार टोली राति सवा ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछ ।

बंगलादेशले नेपालसँग असोज ११ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एक मैत्रीपूर्ण खेल खेल्ने तय भएको छ । जुन फिफाले मान्यता दिएको मैत्रीपूर्ण खेल हो ।

बंगलादेशले बिहीबार कम्बोडियासँग एक मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा घरेलु टिममाथि बंगलादेशले १–० को विजयी भएको थियो ।

खेलका लागि एन्फाले साधारणतर्फको टिकट ५०० र भिआइपी टिकट एक हजार तोकेको छ ।

बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका नेपाली टोलीका कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईंले २३ सदस्यीय राष्ट्रिय टिमको घोषणा गरिसकेका छन् ।

जसमा दुई जना नयाँ अनुहारले स्थान बनाएका छन् । ऋतिककुमार खड्का र आशिष चौधरी पहिलो पटक टोलीमा स्थान बनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित