१ कार्तिक २०८३, आइतबार

बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टीम घोषणा

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ असोज । बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टीम घोषणा गरिएको छ ।

आज बिहीबार एन्फाले सातदोबाटोमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाली टोलीका कार्यवाहक मुख्य प्रशिक्षक प्रदिप हुमागाईले बिहीबार २३ सदस्सीय टोलीको घोषणा गरेका हुन् ।

बन्द प्रशिक्षणमा रहेका ३० जना खेलाडीबाट हुमागाईले अन्तिम टोली घोषणा गरेका हुन् ।

उनले टोलीमा ४ जना गोलकिपर राखेका छन् । टीमबाट सुनिल बल र नवयुग श्रेष्ठ टिमबाट बाहिरिएका छन् । प्रशिक्षक हुमागाईले सुनिल चोटका कारण र नवयुगमा केहि कमीकमजोरी रहेको कारण टोलीमा नपरेको बताए ।

ऋतिक खड्का र आशिष चौधरीले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन् । पत्रकार सम्मेलनमा हुमागाईले बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेल जित्नकै लागि खेल्ने बताए ।

त्यस्तै सहायक प्रशिक्षक युगल किशोर राईले आफुले यसअघि नेपाली फुटवलमा भोगेको दवाव नै अहिलेको अनुभव भएको बताए । उनले बन्द प्रशिक्षणपछिको अवस्थामा खेलाडीहरुले मेहनत गरेकाले राम्रो नजिता निकाल्ने विश्वास व्यक्त गरे ।

नेपालले असोज ११ गते दशरथ रंगशालामा बंगलादेशविरुद्ध एक मैत्रीपूर्ण खेल खेल्नेछ ।