२ कार्तिक २०८३, सोमबार

चर्चित हास्यकलाकार राजु श्रीवास्तवको निधन

798
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चर्चित कमेडियन राजु श्रीवास्तवको निधन

काठमाडौं, ५ असोज । भारतीय चर्चित हास्यकलाकार राजु श्रीवास्तावको निधन भएको छ ।

अगस्ट १० मा दिल्लीमा व्यायाम गर्ने क्रममा उनलाई हृदयघात भएको थियो । त्यसपछि उनलाई उपचारको लागि दिल्लीको एम्स अस्पतालमा भर्ना गरिएको थियो ।

राजू श्रीवास्तव की हालत जस की तस, एम्स से किया जाएगा शिफ्ट!

उपचारमा मुटुको एउटा भागमा शतप्रतिशत ब्लकेज भएको पाइएको थियो । पछिल्लो ४२ दिनमा स्वास्थ्यमा केहि सुधार आए पनि बुधबार बिहान १० बजे उनको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

चर्चित कमेडियन राजु श्रीवास्तवको निधन

उनको नाम सत्यप्रकाश श्रीवास्तव भए पनि बलिउडमा उनी राजु श्रीवास्तवको नामले चिनिन्छन् । राजु श्रीवास्तावको निधनप्रति भारतीय कलाकार, प्रशंसक र राजनीतिज्ञहरुले दुःख व्यक्त गरेका छन् ।