
काठमाडौं, ४ असोज । राप्रपा नेपाल परित्याग गरी दर्जनौं कार्यकर्तासहित नेकपा एमालेमा प्रवेश गरेका नेता धीरजकुमार शाहीले एमालेका अध्यक्ष केपी शर्मा ओलीको देशभक्तिपूर्ण अडानबाट आफू निकै प्रभावित भएको बताएका छन् ।
ओलीप्रतिको देशभक्तिपूर्ण दृढ विश्वासका कारण नै आफू एमालेप्रति आकर्षित हुनाका साथै पार्टीमा समावेश भएको उनको भनाइ छ ।
एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा नेता शाहीले भने, ‘एमालेका अध्यक्ष केपी शर्मा ओलीको देशभक्तिपूर्ण अडान, देशको विकास र जनताको हितका लागि जसरी दृढतापूर्वक लाग्नुभएको छ, त्यसबाट प्रभावित भएर एमालेमा प्रवेश गरेको हुँ ।’
उनले आगामी निर्वाचनमा पार्टीलाई विजयी बनाउन सक्रियतापूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।















प्रतिक्रिया