
काठमाडौं, ४ असोज । काठमाठौको बबरमहलस्थित नेपाल कला परिषदमा सूर्य दुधराजसहित तीन जनाको एकल चित्रकला प्रदर्शनी भइरहेको छ ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यद्वारा उद्घाटन गरिएको चित्रकला प्रदर्शनी असोज १ गतेदेखि असोज ७ गतेसम्म चल्नेछ ।
दुधराजसँगै आरसी महर्जन र सुरक्षा वाग्लेले कोर्नु भएका चित्रलाई प्रदर्शनीमा राखिएको छ । तीन जनाले छुट्टाछुट्टै कोर्नु भएको चित्रलाई बबरमहलमा प्रदर्शनीमा राखिएको हो ।

सानैदेखि चित्र कोर्न मन पराउने दुधराज २०६३ सालदेखि पेशागत रूपमा चित्रकलामा अभ्यस्त छन् । उनले भने-‘मलाई यथार्थवादी चित्रकला मन पर्छ । अहिले भइरहेको प्रदर्शनीमा मैले टाइम नामक शीर्षकमा पेण्ट गरेको छु ।’
सामूहिक रूपमा राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा चित्रकला पर्दर्शनी गरेको भएपनि एकल चित्रकला प्रदर्शनी भने यो नै पहिलो भएको दुधराजले बताए ।
ललितकला क्याम्पसबाट ब्याचलर इन फाइन आर्ट सकेका दुधराज गोदावरी नगरपालिका ११ का बासिन्दा हुन् । उनले यो प्रदर्शनीमा १० हजार रुपियाँदेखि ६० हजार रुपियाँसम्म मुल्य भएका ११ ओटा चित्र राखेका छन् ।
















प्रतिक्रिया