
काठमाडौं, ४ असोज । अमेरिकी गायक एनरिक इग्लेसियसले सार्वजनिक कार्यक्रममा सेल्फी फोटो खिच्न आएकी एक फ्यानलाई चुम्मन (किस) गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।
शुक्रबार अमेरिकाको लस भेगासमा भेटघाट कार्यक्रमको क्रममा एक महिला फ्यानसँग एनरिकको छोटो भिडियो क्लिप भाइरल भएको हो ।
भिडियो गायक एनरिक आफैले सामाजिक संजाल ट्वीटर र टिकटकमा पोस्ट समेत गरेका हुन् ।

भिडियोमा फ्यानले एनरिकसँग सेल्फी खिच्ने क्रममा एनरिकले गालामा चुम्बन गरेको देखिएको छ ।

एनरिकले आफ्नो महिला फ्यानलाई पहिले गालामा र त्यसपछि ओठमा कडा चुम्मन गरेको देखिएको छ । भिडियो भाइरल भएपछि फ्यानहरुले विभिन्न सकरात्मक र नकरात्मक दुबै खालको टिप्पणीहरु गरिरहेका छन् ।















प्रतिक्रिया