३ मंसिर २०८३, बिहिबार

चोलेन्द्रलाई सर्वोच्च प्रवेश गर्न नदिन आज पनि ठूलो संख्यामा प्रहरी परिचालन

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ असोज । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च अदालत फर्किन नदिन आज पनि सरकारले अदालत परिसरमा ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ ।

जबरा कार्यालय समयमा जति बेला पनि सर्वोच्च प्रवेश गर्न सक्ने फर्किने बताइएपछि प्रवेश गर्न नदिन सरकारले बिहानैदेखि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको प्रहरी स्रोतको दाबी छ ।

प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले शनिबार चोलेन्द्रमाथि महाभियोग लगाउन ९ बुँदे आधारसहितको प्रतिवेदन सभामुख अग्निप्रसाद सापकोटालाई बुझाएको थियो ।

प्रतिनिधिसभाको कार्यकाल सकिएसँगै आफूमाथि लागेको महाभियोग स्वतः निष्क्रिय भएको दाबी गर्दै जबराले आइतबार सर्वोच्च अदालतको नियमित काममा फर्कने तयारी गरेसंगै रोक्नलाई आइतबार पनि सरकारले ठूलो संख्यामा प्रहरी परिचालन गरेको थियो ।

आइतबार सरकारले जबराको निवासको मुलगेटमै तालाबन्दी गरेर नजरबन्दमा राखेको थियो ।

No description available.

आइतबारनै सरकारले जबराको सुरक्षामा कटौती समेत गरिसकेको छ ।