३ मंसिर २०८३, बिहिबार

शीतलनिवास गेटबाट एक जना पक्राउ

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ असोज । राष्ट्रपति भवन, शीतलनिवास गेटबाट हो-हल्ला गर्ने एक जना समातिएका छन् ।

सोमबार साँझ सात बजे ज्ञापनपत्र बुझाउन आएको भनिएका गौरीशंकर जयसवाललाई राष्ट्रपति कार्यालयको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले रोकेपछि विवाद हुँदा प्रहरीले नियन्त्रणमा लिएको हो ।

ज्ञापनपत्र बुझाउन गएका गौरीशंकरलाई शुरुमा त्यहाँ खटिएका सुरक्षाकर्मीले भोलि कार्यालय समयमा आउन आग्रह गर्दै रोकेका थिए । तर, उनले आजै बुझाउन पाउनुपर्ने अडान लिएर प्रहरीलाई तथानाम गालीगलौज गर्दै हो-हल्ला गरेपछि प्रहरीले नियन्त्रणमा लिएको महाराजगन्ज प्रहरीले जनाएको छ ।