शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

नेपालको संविधान जारी भएको आज ७ वर्ष पूरा

दैनिक नेपाल २०७९ असोज ३ गते ६:३९

Global Aawaj | नेपालको संविधान-२०७२ का मुख्य विशेषता

काठमाडौं, ३ असोज । नेपालको संविधान-२०७२ जारी भएको आज ७ वर्ष पूरा भएको छ । विसं २०७२ असोज ३ गते संविधान जारी भएको दिनको स्मरणमा हरेक वर्ष आजका दिन संविधान दिवस मनाइँदै आएको छ।

नेपाली जनताले आफ्ना प्रतिनिधिद्वारा संविधान सभा मार्फत निर्माण गरेको संविधानको स्मरणमा आज देशभर विभिन्न कार्यक्रम सहित आठौं संविधान दिवस मनाइँदैछ । जनताको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सहित समाजवाद स्थापना गर्ने लक्ष्य लिएको यो संविधान हाल कार्यान्वयमा रहेको छ ।

लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, स्वतन्त्रता र मानव अधिकार तथा समावेसी र समानतामा आधारित नेपाली समाजको विकासलाई संविधानको मूलभूत मान्यताका रुपमा प्रत्याभूत गरिएकाले नेपालको विद्यमान संविधान विगतको भन्दा विशिष्ट र फरक रहेको छ ।

नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरी समृद्ध बनाउँदै लगेको छ भने स्थानीय तहमा नै नागरिकलाई सहज र सरलरूपमा सेवा उपलब्ध गराएको छ । सात प्रदेश, ७५३ स्थानीय तह र सङ्घीय सरकारमार्फत नयाँ राजनीतिक प्रणालीसमेत अवलम्बन गरेको छ।

प्रतिक्रिया
सम्बन्धित