
काठमाडौं, २ असोज । लोकदोहोरी क्षेत्रकी चर्चित गायिका शान्तिश्री परियार र बाल गायक सुप्रिम मल्ल ठकुरीको सुमधुर स्वरमा सजिएको ‘गरिबको दशैं’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
दशैं फेरि पनि नेपालीहरुको घर आँगनमा आउनै लाग्दा विदेशिएका नेपाली दाजुभाईहरुको भावनालाई समेट्दै यो गीत सार्वजनिक गरिएको गीतकार बोधश्रीले बताएकी छिन् । गीतमा संगीत गायक केशव भावुकको रहेको छ भने यसै भिडियोमार्फत गायक भावुक निर्देशन समेत होमिएका छन् । उनको यो डेब्यु निर्देशन हो ।
गीतलाई राजु कार्कीले संगीत संयोजन गरेका हुन् । यस गीतमा बिहान खायो बेलुका के खाउँ र बेलुका खायो बिहान के खाउँ हुने गरिब तथा दुःखी हरुको कथालाई समावेश गरिएको छ । गीतमा दशैं दशा बनेर आएको एक घत लाग्दो कथा बुनिएको छ ।
‘आयो दशैं ढोल पिटाई, गयो दशैं ऋण बोकाइ’ भन्ने पुरानो नेपाली उखान गरिब –गुरुवाहरुको हकमा आज पनि लागू हुन्छ । खरिद गर्न सक्ने र धान्न सक्नेले त दशैं राम्रैगरी मनाउलान् । तर गरिब तथा असायको हकमा दशैं जहिले पनि पिडादायक हुने गरेको छ ।
म्युजिक भिडियोमा गीतकार बोधश्री, रेशम फिरिरी मुख्य भूमिकामा फिचर्ड छन् भने बालकलाकार बिदान मैनालीको समेत अभिनय रहेको छ । नरेश ऐरले छायाँकन गरेको यस भिडियोलाई रोनित बिशुन्खेले सम्पादन गरेका हुन् । ‘बोध अनलाइन टिभी’ नामक युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो ।















प्रतिक्रिया