२ कार्तिक २०८३, सोमबार

‘किड्स अफ द इयर इन्टरनेशनल’को एउटै मञ्चबाट छानिए तीन जना विजेता

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ असोज । ‘किड्स अफ द इयर इन्टरनेशनल २०२२’को एउटै मञ्चबाट एकसाथ तीन जना विजेता छानिएका छन् ।

हिमालयन दृश्य रिसोर्टमा शनिबार अबेर सम्पन्न प्रतियोगीतामा जुनियर र सिनियर गरेर एकसाथ तीन जना विजेता छानिएका हुन् ।

प्रतियोगीतामा ‘किड्स अफ द इयर इन्टरनेशनल’ केटा तर्फ विलिप मानन्धर शिर्ष विजेता बने । यही प्रतियोगिता तर्फको फष्ट रनरअप सायन केसी, सेकेन्ड रनर अफ विनिक खड्गी चुनिदा थर्ड रनरअप मेवान देगम शाक्य घोषित भए ।

त्यस्तै ‘किड्स अफ द इयर इन्टरनेशनल २०२२’ केटी तर्फ आरध्या बिष्टले शिर्ष उपाधि चुमिन् । यही प्रतियोगितामा इलियाना वैद्य फष्ट रनरअफ र हर्षिका खड्का सेकेन्ड रनरअप हुँदा उत्सुक्ता श्रेष्ठ थड रनरअफ भइन् ।

प्रतियोगीतामा ‘किड्स अफ द इयर इन्टरनेशनल २०२२’ सिरिनयर केटी तर्फको उपाधि भने सिखा मान्नधरले हात पारिन् ।

रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले आयोजना गरेको प्रतियोगिताको फाइनल स्पर्धामा आशिष थापा (प्रमुख प्रशासक मिलियन ह्वाइट हाउस स्कुल) इन्दु थापा (प्रिन्सिपल बेलर इन्टरनेशनल स्कुल), असोक पाण्डे ( प्रिन्सिपल सेमरक निष्ट स्कुलका), उमा बस्नेत (भाइस प्रिन्सिपल नाइटेङ्गल स्कुल) र पुकार कर्णजित (पहिलो मिष्टर काभ्रे तथा अध्यक्ष अर्किट इन्टरनेशनल स्कुल) निर्णयक रहेका थिए ।

बालबालिकाको प्रतिभा निखार्दै उनीहरूलाई भविष्य निर्माणमा सक्षम बनाउने उद्देश्यले प्रतियोगीता आयोजना गरिएको आयोजक रेडियन्ट इभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक तथा अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजुले बताए ।

फैजु विगत १२ वर्षभन्दा लामो समयदेखि गुणस्तरिय राष्ट्रिय तथा अन्तराष्ट्रिय सौदर्य प्रतियोगीतामा आयोजना गर्दै आएका छन् ।

७ वर्षदेखि १३ वर्षसम्मका विद्यालय अध्ययनरत बालबालिकाको सहभागिता रहेको प्रतियोगीको कोरियोग्राफी अन्तर्राष्ट्रिय फेसन कोच राज फैजुले गरेका थिए, भने ड्रेस डिजाइन श्रीषा बैदारले गरेकी थिइन् । विजेता सबैले उपाधिका साथमा विभिन्न गिफ्ट र अवसर उपहारका रूपमा प्राप्त गरेका छन् ।