२ कार्तिक २०८३, सोमबार

धिरेन र उषाको प्रेम बियोगमा रानीको ‘म गुनासो के को गरुँ’ सार्वजनिक

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ असोज । गायिका रानी शाक्यको नयाँ गीत ‘म गुनासो के को गरुँ’को म्युजिक सार्वजनिक भएको छ ।

राजधानीमा शनिबार एक कार्यक्रमबीच बरिष्ठ सञ्चारकर्मी रमा सिंह, गीतको म्युजिक भिडियोमा फिचर्ड कलाकार धिरेन शाक्य र उषा खड्गीको उपस्थितिमा भिडियो सार्वजनिक गरिएको हो ।

गीतकार राजेश शाक्यको शब्द रचना र कल्याण सिंहको सगीत रहेको गीतमा गीतकार शाक्यले गीतको माध्यमबाट कसैको पीडालाई व्यक्त गर्ने काम गरेका छन् ।

गीतको भिडियोमा नेपाली चलचित्र क्षेत्रका सफल नायक धिरेन शाक्य पूर्व मिस नेपाल उषा खड्गीको अभिनय रहेको छ । पछिल्लो समयका ब्यस्त युवा निर्देशक प्रहिल कार्कीले निर्देशन गरेको भिडियोमा धिरेनसँग बिताएका पलहरु सम्झिएर उषाले आँशु बगाएको देख्न सकिन्छ ।