३ मंसिर २०८३, बिहिबार

एमालेले समानुपातिकतर्फको उम्मेद्वारको नामावली टुंग्याउदै

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ असोज । नेकपा एमालेको सचिवालय बैठक आज बिहान  बस्दैछ ।

समानुपातिकतर्फको उम्मेद्वारको नामावली टुंग्याउन बैठक बस्न लागेको एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । बैठक बिहान ११ बजे बस्ने छ ।

संघीयतर्फ एक सय १० र प्रदेशतर्फ दुई सय २० उम्मेद्वार टुंग्याउनुपर्नेछ ।

४ मंसिरमा तय भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन प्रक्रिया आइतबार आजबाट सुरु हुँदैछ । आज र भोलि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची पेस गर्नुपर्ने कार्यतालिका निर्वाचन आयोगको छ।