
काठमाडौं, १ असोज । चलचित्र ‘अन्तिम संस्कार’को छायाङ्कन हिमाली जिल्ला मुस्ताङबाट शुरू भएको छ ।
शाही प्रोडक्सन नेपाल प्रालिको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘अन्तिम संस्कार’को शुक्रबार मुक्तिनाथ मन्दिरमा शुभ मुहर्त गरेर छायाङ्कन शुरू गरिएको हो ।
सांस्कृतिक तथा सामाजिक कथा वस्तु समेटिएको चलचित्रको छायाङ्कन गर्न अग्रज कलाकार विजय लामासहितको चलचित्र युनिट मुस्ताङ पुगेका छन् । चलचित्र युनिटले मुस्ताङमा करिब ४० प्रतिशत छायाङ्कन सक्काएर बाँकी छायाङ्कन काठमाडौंमा गर्ने बताएको छ ।
मुस्ताङको जोमसोम, मार्फा, कागबेनी र मुक्तिनाथ क्षेत्रमा चलचित्र ‘अन्तिम संस्कार’को छायांकन गरिने चलचित्र निर्माता विनोद सुवेदी खत्री (टाटेमित)ले जानकारी दिए । चलचित्र ‘अन्तिम संस्कार’को निर्माता विनोद सुवेदी हुन् भने चलचित्रको निर्देशन प्रदीप शाहीले गर्नेछन् ।

प्रेम खड्का र वोधराज पौडेलले मुस्ताङको छायाङ्कनको ब्यबस्थापन गर्दैछन् ।
झन्डै डेढ करोड लागत रहेको सो चलचित्रमा कलाकार विजय लामासहित दिया पुन, कृष्णभक्त महर्जन, यमनराज उप्रेती, श्याम राई, सारदा गिरी, त्रिचु राई, सश्मिता गिरी र दिग्गज खत्री लगायतको अभिनय रहने छ । चलचित्रको छायांकन बाबु श्रेष्ठले गर्दैछन् । निर्देशक शाहीको ‘अन्तिम संस्कार’ दोस्रो चलचित्र हो ।
उनको निर्देशनमा बनेको पहिलो चलचित्र ‘गोर्खा बिनिथ द ब्रेभरी’ प्रर्दशन भई सकेको छ ।















प्रतिक्रिया