
काठमाडौं, १ असोज । नेकपा (एमाले) ले संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउन आज बिहान काठमाडौंमा वाकथन अर्थात बिहानी पैदलयात्रा गर्दैछ ।
अरु कार्यक्रमजस्तो झन्डा, ब्यानर नबोकी विशुद्ध मर्निङवाककै रुपमा पैदल हिँडेर काठमाडौंका पाँच ठाउँबाट वसन्तपुर डबली पुग्ने कार्यक्रम रहेको एमालेले जनाएको छ ।
‘संविधानको सात वर्षे यात्रा, युवा सँगसँगै पदयात्रा’ नाम दिइएको कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली नयाँ बानेश्वरबाट पैदल हिँडेर वसन्तपुर पुग्ने तयारी छ । बिहान ७ देखि सुरु हुने कार्यक्रममा सहभागी हुन एमालेले सबैलाई अपिल गरेको छ ।

संविधान निर्माण, यसको कार्यान्वयन, संरक्षण र सम्वर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको एमालेले संविधान जारी गर्दा र कार्यान्वयनका चरणमा भोग्नुपरेका कठिनाईलाई समेत स्मरण गर्दै संविधानप्रति आम नागरिककोे अपनत्व बढाउने र संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउन कार्यक्रम राखेको हो ।
निर्वाचन आयोगले संविधान जारी भएको दिन असोज ३ गते प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेश गर्ने मिति तोकेकाले एमालेले एमालेले दुई दिन अगाडि आज पदयात्रा कार्यक्रम राखेको हो ।












प्रतिक्रिया