२ कार्तिक २०८३, सोमबार

प्रविन बेडवालको स्वर रहेको गीत ‘बाध्यतामा’ सार्वजनिक

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ भदौ । गायक प्रविन बेडवालको स्वर रहेको गीत ‘बाध्यतामा’ सार्वजनिक भएको छ ।

प्रेम गुरुङको शब्द तथा मीन गुरुङ को संगीत र कृष्ण साउदेन लिम्बुको एरेन्ज रहेको गीतको भिडियोमा प्रेम गुरुङ, रंजिता गुरुङले फिचर्ड छन् ।

मायामा परेको जोडीको भावलाई गीत मार्फत प्रस्तुत गरेका छन् । ‘गीतमा प्रेममा भित्रिएको प्रविधिलाई पनि जोडेका छौँ । गीत अनुसार नै भिडियो तयार भएको छ’ गीतकार प्रेम गुरुङ भने ।

सार्वजनिक गीतको भिडियोलाई शम्भु मोक्तानको छायाँकन, बन्दे प्रसादको सम्पादन तथा गोविन्द राईको निर्देशन भिडियोमा रहेको छ ।

‘गीतमा प्रेम र बेदनालाई व्यक्त गरिएको छ । साथै प्रविधिलाई पनि जोडेअनुसार नै भिडियोमा प्रस्तुत गरेको छु’ गीतकार प्रेमले भने । गीतमा तुलसी गुरुङ,गुरी गुरुङ र आश्मीन गुरुङको समेत गीतमा अभिनय देख्न सकिन्छ ।