
काठमाडौं, ३१ भदौ । स्वास्थ्य सेवा सुधारको माग गर्दै धनगढीमा अनसन बसिरहेका डा. गोविन्द केसीलाई सरकारले अनसन तोडेर वार्तामा आउन आग्रह गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एक प्रेस विज्ञप्ती जारी गर्दै अनसन तोडेर वार्तामा आउन आग्रह गरेको हो ।

सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा वार्ता टोली गठन गरेको जनाएको छ । वार्ता टोलीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय एवं शिक्षा मन्त्रालयका सचिव र नेपाल मेडिकल एशोसिएसनका प्रतिनिधि सदस्य रहने कार्यालयले जनाएको छ ।

यसअघिका सहमति कार्यान्वयनसहितका सात बुँदे माग राखेर धनगढीमा पाँच दिनदेखि अनसनमा रहेका डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । तर केसीले औषधि लिन मानेका छैनन् ।

डा. केसीको शरिरमा पोषणतत्व र पानीको असुन्तलनले बेहोस हुन सक्ने, कम्पन हुन सक्ने (सिजर), रोगसँग लड़न सक्ने क्षमता कम भई विभिन्न संक्रमण हुन सक्ने, मुटुको धड्कन, श्वासप्रश्वास र रक्तचाप गडबढ भई अंग र प्रणालीमा खराबी हुन सक्ने वा ज्यान जोखिममा पर्न सक्ने अस्पतालले जनाएको छ ।
केसीले मुखबाट पानी र नशा वा रिङगर ल्याक्टेट बाहेक कुनै पनि पद्धार्थ लिन अस्विकार गरेको अस्पतालले जनाएको छ ।













प्रतिक्रिया