बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

भारतलाई हराउँदै महिला साफ च्याम्पियनशीपको फाइनलमा पुग्यो नेपाल

दैनिक नेपाल २०७९ भदौ ३१ गते १९:२०

काठमाडौं, ३१ भदौ । नेपाल महिला साफ च्याम्पियनशीप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

आज भएको दोस्रो सेमिफाइनलअन्तर्गत भारतलाई १–० ले पराजित गर्दै नेपाल फाइलनमा पुगेको हो । महिला साफ च्याम्पियनसिपको इतिहासमा नेपालले भारतलाई हराएको यो नै पहिलो पटक हो । अब नेपालले उपाधिका लागि बंगलादेशसँग खेल्नेछ ।

नेपालले पहिलो हाफको इन्ज्युरी समयमा अग्रता लिएको थियो । रश्मीकुमारी घिसिङले गोल गर्दै नेपाललाई अघि बढाइन् । उनले प्रिती राईको क्रसलाई पेनाल्टी क्षेत्र भित्र संयमित भएर नियन्त्रणमा लिँदै गोल गरिन् ।

४२ अ‍ौं मिनेटमा सोम्या गुगुलोथको क्रसमा ग्रेस चिप्लिन पुग्दा उनको प्रहार पोस्टतर्फ जान सकेन । इन्ज्युरी समयमा नेपालले गोल गर्दै अग्रता लिन‌ सफल भयो ।

यसअघि पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरिसकेको छ । भुटानलाई ८-० हराउँदै बंगलादेश दोस्रो पटक फाइनलमा पुगेको हो ।

प्रतिक्रिया
सम्बन्धित