३ मंसिर २०८३, बिहिबार

चोलेन्द्रसँग पूरक प्रश्न सोधिने

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ भदौ । निलम्बित प्रधानन्यायाधीश चालेन्द्र शमशेर राणासँग आज शुक्रबार पूरक प्रश्न सोधिने भएको छ ।

महाअभियोग सिफारिस समितिले चोलेन्द्रलाई पुरक प्रश्न सोध्न आज शुक्रबार बिहान ९ बजे बोलाएको हो ।

समितिले बयानका क्रममा चोलेन्द्रले आरोपित गरेका नेपाल बार एशोसियसनका पूर्वअध्यक्ष, अध्यक्ष एवम् कानुन व्यवसायीहरुसँग बिहीबार बयान लिएको थियो ।

महाभियोग सिफारिश समिति

समितिले बोलाएका बहालवाला न्यायाधीश र पुर्वप्रधानन्यायाधीश भने समितिमा अनुपस्थित रहेका थिए । उनीहरुले आफुहरु समितिमा नजाने निर्णय गर्दै त्यसको जानकारी समितिलाई गराएका थिए ।