३ मंसिर २०८३, बिहिबार

‘हामीलाई गरिखान देउ’ भन्दै काठमाडौं महानगर घेराउ

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, भदौ । फुटपाथ तथा साना व्यवसायीहरुले काठमाडौं महानगर घेराउ गरेका छन् ।

बिहीबार नेपाल स्वरोजगार व्यापार श्रमिक संघ बागमती प्रदेश कमिटीको नेतृत्वमा उनिहरुले महानगर कार्यालय घेराउ गरेका हुन्। विकल्पको व्यवस्थानै नगरी श्रमिकहरुलाई बेरोजगार बनाएको उनिहरुले बताएका छन् ।

उनिहरुले ‘हामीलाई गरिखान देउ, कि विकल्प देउ, कि रोजगारी देउ, सन्धाकालिन बजारको व्यवस्था गर, सडकमा व्यापर गर्ने हाम्रो रहर हैन बाध्यता हो।’ लगाएतको प्ले कार्ड बोक्दै महानगर विरुद्ध प्रदर्शन गरेका थिए ।

पछिल्लो समय काठमाडौं महानगरले अनाधिकृत रुपमा बनाइएको संरचनाहरु हटाउने अभियान चलाइरहेको छ।