
काठमाडौं, ३० भदौ । नेपालको चार दिने भ्रमणमा आएका चीनको राष्ट्रिय जन कांग्रेसका स्थायी समितिका अध्यक्ष ली चान्सु आज स्वदेश फर्किएका छन् ।

सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा चार दिने औपचारिक भ्रमणमा आएका ली भ्रमण सम्पन्न गर्दै बिहीबार स्वदेश फर्किएका हुन् । सोमबार नेपाल आएका लीले नेपालमा उच्चस्तरीय राजनीतिक भेटवार्तामा गरेका थिए ।
लीले राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।

निर्वाचन सम्मुखमा चीनबाट भएको उच्चस्तरीय भ्रमणलाई चासोका साथ हेरिएको छ ।












प्रतिक्रिया