
काठमाडौं, ३० भदौ । भारत भ्रमणमा रहेका परराष्ट्र सचिव भरतराज पौड्यालले बुधबार भारतका विदेशमन्त्री एस. जयशंकरसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार द्विपक्षीय परराष्ट्र सचिवस्तरीय बैठकका लागि मंगलबार दिल्ली पुगेका सचिव पौड्याल र विदेशमन्त्री जयशंकरबीच बुधबार भेटवार्ता भएको हो । भेटमा द्विपक्षीय सम्बन्ध र सहकार्यको विषयमा कुरा भएको परराष्ट्रले जानकारी दिएको छ । उनले मंगलबारै भारतका विदेश सचिव विनयमोहन क्वात्रासँग भेटवार्ता गरेका थिए ।












प्रतिक्रिया