३ मंसिर २०८३, बिहिबार

डेंगीले जनताको मृत्यु भइरहेको छ, स्वास्थ्य मन्त्रीज्यू के छ त देशको स्थिति ? : प्रेम सुवाल

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

No description available.

काठमाडौं, २९ भदौ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले डेंगी रोग नियन्त्रण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङ असफल भएको बताएका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सुवालले कोरोना भाइरस पछि डेंगी रोगले जनता पीडित रहेको बताउँदै डेंगी नियन्त्रण गर्न मन्त्री खापुङले नेतृत्वदायी भूमिका निर्वाह गर्न नसकेको आरोप लगाए।

‘कोरोना पछि डेंगी रोगले जनता एकदमै पीडित छन्। अस्पतालहरुमा शैयाको अभाव छ। स्वास्थ्य मन्त्रीज्यू के छ देशको स्थिति यो त महामारीको रुपमा फैलिँदै छ। र, स्वास्थ्य मन्त्रालय नभएको जस्तो भयो। सुवालले भने, स्वास्थ्य मन्त्रालयका लागि त बजेट धेरै छुट्टयाइएकै हो। तर स्वास्थ्य मन्त्रालयको प्रभावकारिता देखिएन, मन्त्रीज्यूको नेतृत्व देखिएन। यसबारे सदनमा मन्त्रीज्यूलाई तत्काल बोल्ने व्यवस्थाका लागि म सभामुख महोदयसँग आग्रह गर्न चाहन्छु। जनताको मृत्यु भईरहेको छ डेंगीको कारण। यो सामान्य रोग हो। सरसफाई भईदिएको खण्डमा यो रोगबाट जनताको मृत्य नहुने पर्ने हो तर सरसफाई पनि स्वास्थ्य मन्त्रालयले नगरेको देखियो।’

No description available.