
काठमाडौं, २९ भदौ । नेपालमा हालसम्म ९ हजार ८३५ जनामा डेंगी संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार साउनदेखि हालसम्म ९ हजार ८३५ जनामा डेंगी संक्रमण पुष्टि भएको हो ।

मन्त्रालय अनुसार सबैभन्दा बढी ७ हजार ४४० संक्रमित बागमती प्रदेशमा रहेका छन् भने सबैभन्दा कम संक्रमित ६६ जना कणार्ली प्रदेशमा रहेका छन् ।
यसैगरी, लुम्बिनीमा १ हजार ३५६, प्रदेश १ मा ३२०, सुदुर पश्चिममा २७१, गण्डकीमा २०२, र मधेश प्रदेशमा १८० डेंगी संक्रमित रहेका छन् ।
नेपालमा पहिलो पटक २०६१ मा डेंगी संक्रमित बिरामी देखा परेको थियो त्यसपछि वर्षेनी संक्रमित देखिन थालेको छ ।













प्रतिक्रिया