३ मंसिर २०८३, बिहिबार

रामचन्द्र पौडेलले मागे माफी

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ भदौ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले दमौलीवासीसंग माफी मागेका छन् ।

गत साता दमौलीमा आयोजित कार्यक्रममा पानीको समस्याबारे आफूले दिएको अभिव्यक्तिलाई लिएर पानी बन्द गरिनु न्यायपुर्ण हुन नसक्ने भन्दै पौडेलले माफी मागेका हुन् ।

सामाजिक संजाल फेसबुकमा लेख्दै पौडेलले भनेका छन्ः

दमौली खानेपानी बारे मेरो भनाइ !
गत साता दमौली कार्यक्रममा मैले दमौलीमा मादी नदिको पानी समेतलाई प्रशोधन गरेर वितरण गर्ने आयोजना संचालन हुँदा पानीको समस्या समाधान भएको कुरा गरेको थिएँ ।
त्यस अघि गुणादी लगायत अन्य श्रोतबाट ल्याइएको पानीले मात्र वितरणमा समस्या(अपुग) थियो। दमौली आसपास पानीको मुलबाट चुन ढुङ्गा मिश्रित पानी वितरणमा जोडिने गरेको हो । प्रशोधन संयन्त्र र क्षमता नहुँदा चुन्या पानी वितरण हुने गरेकोमा अब प्रशोधन क्षमतामा वृद्धि भएको अवस्थामा त्यो पनि समस्या रहेको छैन र दमौलीवासीले शुद्द पानी पाइरहेका छन् ।
मेरो भनाइलाई विभिन्न माध्यमबाट विभिन्न तर्क सहितका व्याख्या सहित प्रेसित हुँदा गुणादी वासीको भावनामा ठेस पुगेकोमा म क्षमा प्रार्थी छु ।
विकासको क्रममा सकारात्मक उर्जा र सकारात्मक प्रगति हाशिल गर्नुपर्ने छ र जनतालाई सेवा पुग्नुपर्ने हुन्छ ।
जनताको स्वास्थ र जनताको हीत विपरीत कुनै काम गर्नु राम्रो हैन र त्यस तर्फ सबैको ध्यान जावोस ।
गुणादीका दाजुभाइ र दमौलीका दाजुभाइ एक आपसका परिपुरक हुन् र एक अर्काले धेरै पहिले देखी सहयोग आदान प्रदान गर्दै आएका छन् ।
मेरो अभिव्यक्तिलाईनै लिएर पानी बन्द गरिनु न्यायपुर्ण हुन सक्दैन । एक आपसमा सरसल्लाह गरेर समस्याको समाधान खोज्न सम्बन्धित सबैमा आग्रह समेत गर्दछु ।
जय नेपाल !