काठमाडौं, २८ भदौ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सार्वजनिक स्वास्थ्य शिक्षा क्षेत्र सुधारको माग राख्दै आएका डा. गोविन्द केसीले २० औं पटक अनसन बस्नु सबैको लागि लज्जाको विषय भएको बताएका छन् ।
डा. गोविन्द केसीले सरकारले आफ्ना मागहरुको बेवास्ता गरेको भन्दै पुनः २० औं अनसन सुरुसंगै भट्टराईले सामाजिक संजालमा लेख्दै सुधारको माग राख्दै २० औं पटक अनसन बस्नु लज्जाको विषय भएको टिप्पणी गरेका हुन् ।
भट्टराईले भनेका छन्ः
सार्वजनिक स्वास्थ्य/शिक्षाक्षेत्रको सुधारको विषयलाई लिएर डा. केसीले २० औं पटक अनसनमा बस्नपर्नु राज्य र हामी सबैलाई लज्जाको विषय हो। त्यहाॅ विकृतिविसंगति छन् भन्ने हामी सबैले स्वीकार्ने तर नसुधार्ने किन ? कैलालीको गेटा मेडिकल कलेजमा सबै पूर्वाधार बनिसक्दा संचालन नगर्ने किन ? वेलैमा सोचौं!
आफ्ना माग र आफूसंग गरिएका सहमति कार्यान्वयनको माग राख्दै डा. केसीले सोमबार प्रधानमन्त्री शेरबहादुर देउवाको गृहनगर धनगढीमा २० औं अनसन सुरु गरेका हुन् ।













प्रतिक्रिया