
मुगु, २८ भदौ । सामूहिक बलात्कारको आरोपमा २ जना युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा छायाँनाथ रारा नगरपालिका-४ का २१ वर्षीय श्रीष्ट महतारा, कालिकोट सन्नी त्रिवेणी गाउँपालिका-३ रखुका स्थायी घर भई हाल छायानाथ रारा नगरपालिका-१४ बामगाउँमा बस्दै आएका १८ वर्षीय देवराज जैशी र १३ वर्षीय बालक रहेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।
आरोपित १३ वर्षीय बालकलाई भने कानूनअनुसार संरक्षकको जिम्मामा छाडेको मुगुका प्रहरी नायब उपरीक्षक सुवास हमालले बताए ।
छायाँनाथ रारा नगरपालिका-१३ लुमगाउँ नजिकै गमगढी बाम कच्ची सडक खण्डमा २३ भदौ राति १२ बजे तीन युवकले सामूहिक बलात्कार गरेको आरोप छ । प्रहरीका अनुसार अनुसार प्रतिवादिहरूलाई हिरासतमा राखि थप अनुसन्धान भइरहेको छ ।












प्रतिक्रिया