
काठमाडौं, २७ भदौ । चाड पर्व नजिकिँदै गर्दा आवश्यक उपभोग्य वस्तुहरुको व्यवस्थापन र बजार अनुगमनका लागि सरकारले सम्बन्धित मन्त्रालय र निकायलाई निर्देशन दिएको छ ।
नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीको संयोजकत्वमा रहेको संयुक्त बजार अनुगमन प्रणाली, सार्वजनिक सेवा प्रवाहमा सुधार तथा आसन्न चाडपर्वमा वस्तु तथा सेवाको सहज आपूर्ति र व्यवस्थापनका विषयमा केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिको ६२औं बैठकले सो निर्देशन दिएको हो ।
बैठकले बजार अनुगमनका लागि सूचना सङ्कलन, प्रविधिको प्रयोग र जोखिममा आधारित बनाउने सम्बन्धमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई मापदण्ड तयार गरी अनुगमन प्रणालीको अभिवृद्धि गर्ने, सार्वजनिक यातायातको भाडा दर, यात्रु सिट, क्षमताका आधारमा अनलाइन टिकेटिङको अगुगमन गर्न निर्देशन दिएको हो ।













प्रतिक्रिया