३ मंसिर २०८३, बिहिबार

राप्रपा केन्द्रीय सदस्य माझीद्वारा पार्टी परित्याग

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, २७ भदौ । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय सदस्य रिता माझीले राप्रपा परित्याग घोषणा गरेकी छन् ।

बागमती प्रदेश सभा सदस्य समेत रहेकी माझीले आइतबार राति प्रेस बक्तब्य जारी गर्दै राप्रपाको साधारण सदस्य समेत नरहने गरि राजीनामा दिएको जानकारी दिएकी छन् । उनले राप्रपा बाहिरबाट हेर्दा मोटाएको जस्तो देखिने तर भित्रभित्रै रोगले सुन्निएको अवस्थाबाट गुज्रिरहेको टिप्पणी गर्दै राजीनामा दिएकी हुन् ।

No description available.