
काठमाडौं, २६ भदौ । नेपालमा थप १०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने कोरोनाको कारण २ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ३ हजार ५८७ जनामा गरिएको परीक्षणमा थप १०४ जनामा संक्रमण पुष्टि भएको जनाएको छ । मन्त्रालय अनुसार पछिल्लो २४ घण्टामा २ सय १ जना संक्रमित संक्रमण मुक्त भएका छन् ।
नेपालमा हाल २ हजार ३१६ सक्रिय संक्रमित उपचाररत रहेका छन् ।













प्रतिक्रिया