३ मंसिर २०८३, बिहिबार

बुटवलबाट हराएका ३ बालक भारतको मुम्बइमा भेटिए

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ भदौ । रुपन्देहीको बुटवल उपमहानगरपालिकामा घरबाट विद्यालय जाँदा बेपत्ता भएका ३ बालक भारतको मुम्बइ पुगेको खुलेको छ।

शुक्रबार विद्यालय जान भनि हिडेका बुटवल उपमहानगरपालिका वडा नं ११ दुर्गानगरका १५ वर्षीय सागर पौडेल, समिर लम्साल र १४ वर्षका प्रदीप पन्थी शुक्रबार बिहान विद्यालय हिँडेपछि विद्यालयमा पनि हाजिर नभएको र घरमा पनि सम्पर्क विहीन बनेका थिए ।

सम्पर्कविहीन भएका मध्ये समिर लम्सालका बुबा भारतमा रहेको र ती सबै बालक उनीसँग सम्पर्कमा आएको परिवार जानकारी दिएको प्रहरीले जनाएको छ । बालकहरु कसरी त्यति टाढा पुगे भन्ने बारे स्पष्ट हुन नसकेको प्रहरीले जनाएको छ ।

बालकहरूले शनिबार आफुहरु मुम्बईको रेलमा रहेको बताएपछि नजिक रहेका लम्सालका बुबा पुगेर उनीहरुलाई लिएको बताइएको छ । घटनाका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।