
काठमाडौं, २६ भदौ । सत्तारुढ नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) र नेपाल प्रहरीबीच ढुंगा हानाहान भएको छ ।
आइतबार बिहान राजधानीको त्रिचन्द्र क्याम्पसभित्र नेविसंघ र प्रहरीबीच ढुंगा हानाहान भएको हो।
नागरिकता विधेयक प्रमाणीकरण गर्न ढिलाइ भएको भन्दै नेविसंघले विरोध प्रदर्शन थियो। सो क्रममा प्रहरीले हस्तक्षेप गरेको भन्दै नेविसंघले ढुंगा प्रहार गरेको थियो । प्रहरीमाथि ढुंगा प्रहार भएपछि सोही ढुंगा टिपेर प्रहरीले पनि प्रदर्शनमा रहेको नेविसंघलाई प्रहार गरेको थियो।











प्रतिक्रिया