३ मंसिर २०८३, बिहिबार

विद्यालयको फलामे गेट ढलेर च्यापिदाँ बालिका गम्भीर घाईते

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, २४ भदौ । मकवानपुरको भीमफेदी-४ निबुवाटार स्थित बाराही माध्यमिक विद्यालयको फलामे गेट ढलेर च्यापिदाँ एक जना बालिका गम्भीर घाईते भएकी छन् ।

घाईते हुनेमा सोही विद्यालयको कक्षा एकमा अध्ययनरत भिमफेदी-३ झल्कनेकी स्थानीय पार्वती पाख्रिनको ५ वर्षीया छोरी मालती पाख्रिन रहेकी छन् । शुक्रबार दिउँसो विद्यालय छुट्टी भएर घर फर्कने क्रममा एक्कासी विद्यालयको फलामे गेट ढल्दा मालतीको टाउकोमा चोट लागेर गम्भीर घाईते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।

गम्भीर घाईते भएकी मालतीलाई थप उपचारको लागि हेटौंडा अस्पतालबाट चितवनको भरतपुर रिफर गरिएको प्रहरीले जनाएको छ ।