काठमाडौं, २२ भाद्र । नेपालमा पछिल्लो २४ घण्टामा थप २३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ३ हजार ८३६ जनामा गरिएको परीक्षणमा थप २३० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार बुधबार थप ७८ जना संक्रमित संक्रमण मुक्त भएका छन् भने २ जना संक्रमितको मृत्यु भएको छ । हाल देशभर २ हजार ५०५ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् ।












प्रतिक्रिया