३ मंसिर २०८३, बिहिबार

‘देउवा भारतमा म्याउम्याउ, प्रचण्ड खुसुखुसु’

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनका नेता तथा प्रधानमन्त्री शेरबहादुर देउवा भारत गएर म्याउम्याउ गरेको बताएका छन् । साथै अर्का नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत गएर खुसुखुसु गरेको ओलीको भनाइ छ ।

बुधवार कञ्चनपुरमा पार्टीको कार्य क्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि भएपनि भारतसँग प्रस्ट भन्न नसकेको बताए । उनले गठबन्धनले लिम्पियाधुरा लिपुलेक आफ्नो भूमि भन्न नसकेर ‘समस्या’ भनेर भन्ने गरेको भन्दै गठबन्धन राष्ट्रियता विरोधी भएको टिप्पणी गरे ।

‘प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जानुभयो । कसरी बोल्नभयो रु म्याउम्याउ म्याउ गर्नुभयो । लिपुलेक,कालापानी फिर्ता देउ भन्नुपर्दैन ? अर्को गठबन्धनको नेता जानुभो अलिपछि । उहाँले बोलेको त बाहिर सुनिने कुरै भएन । हामी यो पनि छोडिदिउँला, त्यो पनि छोडिदिउँला, केपी ओलीले सबै खाइदिने भो । खुस खुस, खुसखुस, प्राण बचाइदिनुपर्यो भन्नुभयो’, प्रश्न गर्दै ओलीले प्रचण्डलाई भने ।