३ मंसिर २०८३, बिहिबार

सत्ता गठबन्धनमा खटपट : माधव नेपालले भन्छन्, ‘फाइदा हुँदैन भने बलिदान हुँदैन्, एक्लै लड्छौँ’

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ भदौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धनमा धेरै सिट आफूले लिएर अरु दललाई उब्रेको मात्र दिने प्रवृत्ति देखिएको टिप्पणी गरेका छन् ।

पार्टीको युवा संगठन युवा संघ नेपालले बुधबार काठमाडौंमा गरेको कार्यक्रममा उनले भने, ‘जम्मै आफूले लिने उब्रेको हामीलाई दिने, यस्तो हुन्छ भने हामीलई स्वीकार्य हुँदैन ।’

दुबै पक्षलाई फाइदा हुने हो भने मात्र गठबन्धन हुन सक्ने भन्दै उनले फाइदा नहुने हो भने गठबन्धन गर्नुको अर्थ नहुने बताए । ‘फाइदा हुने हो भने गठबन्धन हुने हो, फाइदा हुँदैन भने बलिदान हुन सक्दैन् । एक्लै लड्छौँ ।’ उनले भने ।

नेता नेपालले दलहरुमा नेता व्यवस्थापन गर्न कठिन भए पनि अप्ठेरोमा साथ दिएको कुरा विर्सन र आफूहरुको भूमिकाको अवमूल्यन गर्न नहुने बताए । यद्यपि सत्तारुढ गठबन्धनमा कुरा मिल्ने र सिट बाँडफाँट छिटो टुंग्याउने उनले आश्वासन दिए ।