३ मंसिर २०८३, बिहिबार

एमाले प्रवेश गर्न लागेपछि मन्त्री चौधरी बर्खास्त

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ भदौ । सुदूरपश्चिमका भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरी बर्खास्तीमा परेका छन् । नेकपा एकीकृत समाजवादीका तर्फबाट मन्त्री भएका चौधरीलाई मुख्यमन्त्री त्रिलोचन भट्टले बुधबार बर्खास्त गरेको नेकपा एकीकृत समाजवादीले जनाएको छ ।

एमाले प्रवेश गर्न लागेको थाहा पाएपछि नेकपा एसले उनलाई बर्खास्त गरेको हो ।

चौधरीसहित पूर्वमन्त्री तारा तमाङलगायत समाजवादीका केही कार्यकर्ता एमालेमा प्रवेश गर्दैछन् । उनीहरुलाई पार्टी प्रवेश गराउन एमालेका अध्यक्ष केपी शर्मा ओली बुधबार कञ्चनपुरको महेन्द्रनगर पुगिसकेका छन् ।