काठमाडौँ, १५ भदौ । न्यायाधीश उपस्थित नहुुँदा अभिनेता पल शाहमाथि लागेको बलात्कारको मुद्दामा सुनुवाइ रोकिएको छ ।
बुधबार जिल्ला अदालत तनहुँमा न्यायाधीश दल बहादुर केसीको इजलासमा अभिनेता पल शाहमाथि लागेको बलात्कारको मुद्दामा सुनुवाइ हुने कार्यतालिका थियो । तर, न्यायाधीश उपस्थित भएनन् ।
नाबालिकामाथि जबर्जस्ती करणी गरेको भन्दै फागुन ११ गते तनहुँ जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो । फागुन १५ गते शाहले प्रहरीसामु आत्मसमर्पण गरेका थिए । शाह बलात्कार अभियोगमा पुर्पक्षका लागि तनहुँ कारागारमा छन् । उनी बिरुद्ध गायिका समिक्षा अधिकारीले उजुरी दिएकी थिईन् ।












प्रतिक्रिया