३ मंसिर २०८३, बिहिबार

बुवाको हत्या गर्ने २२ वर्षीय छोरा जेल चलान

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


बैतडी, ११ भदौ । बुवाको हत्या गर्ने छोरालाई कारागार चलान गरिएको छ। बैतडीको डिलाशैनी गाउँपालिका ५ शेराका २२ वर्षीय लोकराज जोशीलाई कारागार चलान गरिएको हो।

६८ वर्षीय बुवा अन्तराम जोशीलाई हत्या गरेको आरोपमा उनलाई पुर्पक्षका लागि कारागार चलान गरिएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।

लोकराजले गत साउन १३ गते बिहान ६ बजे घरमै बुवा अन्तरामको बन्चरो प्रहार गरि हत्या गरेका थिए। त्यसपछि उनीमाथि कर्तव्य ज्यान मुद्धा दर्ता गरि प्रहरीले अनुसन्धान थालेको थियो।