काठमाडौँ, ६ भदौ । विद्यार्थीलाई जबर्जस्ती करणी गरेको आरोपमा पाँचथरका एक जना शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । कक्षा ५ मा अध्ययनरत विद्यार्थीलाई करणी गरेको आरोपमा याङवरक गाउँपालिका ४ को सनसाइन बोर्डिङ स्कुलमा कार्यरत सरजित ठटाललाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी प्रमुख डीएसपी राकेश थापाका अनुसार भारतको दार्जिलिङ घर भइ सोही विद्यालयमा कार्यरत शिक्षक ठटालले भदौ ३ गते साँझ सोही विद्यालयको कक्षा ५ मा अध्ययनरत एक छात्रालाई बलात्कार गरेका थिए ।
घटनाका विषयमा पीडितका आफन्तले जाहेरी दिएलगत्तै खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको थियो । गत भदौ ५ गते पाँचथर जिल्ला अदालतमा बुझाएर म्याद थप गरी अनुसन्धान सुरु गरेको प्रहरीको भनाइ छ ।












प्रतिक्रिया