३ मंसिर २०८३, बिहिबार

माधव नेपालको कार्यकर्तालाई निर्देशन : ओलीबारे पोजेटिभ कुराको प्रचारप्रसार कसैले पनि नगर्नू होला

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ भदौ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीबारे सकारात्मक कुरा गर्दै नगर्न पार्टीका नेता, कार्यकर्तालाई कडा निर्देशन दिएका छन् । शनिबार काठमाडौंमा आयोजित पार्टीको उपत्यका विशेष युवा जिल्ला भेलामा बोल्दै अध्यक्ष नेपालले सो निर्देशन दिएका हुन् ।

अध्यक्ष नेपालले भने, ‘अहिले पनि मसँग खवर आइरहेका छन, केपी ओलीसँग बस्न सकिदैन भन्दै कतिपय मानिसहरुले सम्पर्क गरिरहेका छन । यही चुनावमा पनि हामी एकीकृत समाजवादीमा आएर चुनाव लडन चाहन्छौं भनिरहेका छन । त्यसो हुनाले एमालेसँग जाने कल्पनानै गर्न सकिदैन । जुन पार्टीले हाम्रो अस्तित्व स्विकार गर्दैन । जसले हामीलाई अपराधी घोषणा गरेको छ । जसले हामीले देशद्रोही भनेको छ । त्यस्ता नेताप्रति कुनै किसिमले पोजेटिभ कुराको प्रचारप्रसार कसैले पनि नगर्नू होला । गर्नु हुन्छ भने कुरा विग्रन्छ म क्लियर गर्न चाहन्छु । त्यस्ता कुराहरुमा लाग्न जरुरी पनि छैन । बरु खण्डन गर्ने, सिधै मुखभरीको जवाफ दिने । मुखभरीको जवाफ दिनु भएन भने रक्षात्मक भइन्छ । त्यस्ता मान्छेले केही पनि गर्न सक्दैन ।’