काठमाडौँ, ३ भदौ । उदयपुरको ताप्ली गाउँपालिका–१ स्थित यारी खोलामा माछा मार्ने क्रममा पानीमा डुुबेर एक जनाको ज्यान गएको छ । स्थानीय ३५ वर्षीय नगेनद्र राईको यारी खोलामा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक मोहन थापाले बताए ।
मृतक राईको शवलाई पोस्टमार्टमको लागि कटारी अस्पताल पठाइएको र अन्य थप अनुसन्धान भइरहेको उनले बताए ।











प्रतिक्रिया