३ मंसिर २०८३, बिहिबार

प्रचण्डको गुनासो-‘माओवादी पहिला युद्धमा प्रतिस्पर्धा गर्थाे अहिले पद र प्रतिष्ठामा मात्रै केन्द्रित छ’

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं,३ भदौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र पद र प्रतिष्ठाका निम्ति प्रतिस्पर्धा बढ्न थालेको गुनासो गरेका छन्।

शुक्रबार पार्टीको भ्रातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपालको दोस्रो राष्ट्रिय भेलाउद्घाटन गर्दै उनले यस्तो गुनासो गरेका हुन्।
प्रचण्डले भने, ‘आन्दोलनको समयमा हाम्रो बीचमा प्रतिस्पर्धा हुने गर्थ्यो। सबैभन्दा अग्रमोर्चामा जान प्रतिस्पर्धा हुन्थ्यो। मोर्चामा जान नपाउँदा असन्तुष्टि व्यक्त गर्ने, म पनि जान पाउनै पर्छ भनेर नेतृत्वलाई घेरा हाल्ने, दबाब दिने हुन्थ्यो। एक हिसाबले मर्न जान पनि नपाउने भन्ने प्रतिस्पर्धा हुन्थ्यो, तर आजभोलि त्यस्तो छैन् । मैले यो पद किन नपाउने भनेर पदको निम्ति, प्रतिष्ठा र सुविधाका निम्ति प्रतिस्पर्धा हुन्छ,संघर्षका निम्ति प्रतिस्पर्धा कम हुने गरेको छ । आजभोलिको अनुभव अलि नमिठो छ। यसलाई करेक्सन गर्न पनि युवाहरुले एउटा उर्जा दिन सक्छ । पार्टी भित्र विचलनका संकेत ठीक गर्न पनि युवाहरुको भूमिका महत्वपूर्ण छ।’