शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

प्रचण्ड भन्छन्, ‘हामी अबिग्रेका छौँ, व्यक्तिवादी र आत्मकेन्द्रित भएका छौँ’

दैनिक नेपाल २०७९ भदौ २ गते १०:३३

काठमाडौँ, २ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा सच्च क्रान्तिकारी माओवादी मात्रै भएको दाबी गरेका छन् ।

रामवृक्ष यादवको २८ औँ स्मृति दिवसको अवसरमा पार्टी मुख्यालयमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

‘हामी अलिकति बिग्रेका छौँ । हामी हिजो जस्तो छैनौँ । हामी व्यक्तिवादी भएका छौँ, आत्मकेन्द्रित भएका छौँ, स्वार्थी भएका छौँ । तर, नेपालमा जसले जे भने पनि सच्चा क्रान्तिकारी भनेको हामी मात्रै हौँ ।’

अहिले बर्तमानको केही समस्या समाधान गर्न नसके माओवादीको पनि ‘क्रान्तिकारी हौँ’ भन्ने औचित्य समाप्त हुने उनले बताए ।

‘हामी सामूहिक भावना र टिम स्प्रीटबाट जानेभन्दा पनि स्वार्थ समूह बनाउनेतिर उद्धत हुन थालेका छौँ,’ उनले थपे, ‘यसले पार्टीको वर्ग चरित्र र क्रान्तिकारी स्प्रीटमा नराम्रो स्खलन आएको छ । हामीले भर्खरै महाधिवेशन सम्पन्न गरेर फेरि क्रान्तिकारी पार्टी नै बनाउने संश्लेषण त गरेका छौँ तर हामी विचारमा, किताबमा, दस्तावेजमा र मुखमा क्रान्तिकारी नै भए पनि हाम्रो व्यवहार हाम्रो आचरण दैनिकी त्योसँग मिल्दैन । हाम्रो भनाइ र गराइमा ठूलो अन्तर आइसकेको महसुस हुन्छ ।’

प्रतिक्रिया
सम्बन्धित