शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

सुतिरहेकै बेला घरमा आगलागी हुँदा जलेर एक जनाको मृत्यु

दैनिक नेपाल २०७९ भदौ २ गते ८:५०

फाइल तस्बिर

काठमाडौँ,, २ भदौ । मोरङमा आगलागी हुँदा जलेर ३८ वर्षिय कुमार श्रेष्ठको मृत्यु भएको छ । गएराति ११ बजे सुन्दरहरैचा–११ बेलेपुरमा रहेको बालकृष्ण गिरीको साढे दुई तले घरमा आगलागी हुँदा श्रेष्ठको मृत्यु भएको हो ।

प्रहरीका अनुसार रङ लगाउने काम गर्दै आएका श्रेष्ठले त्यस घरमा डेरा गरी बस्दै आएका थिए । विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको भएता पनि घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित