मंगलबार, ४ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ४ वैशाख २०८१

गठबन्धन देशद्रोही हो, देशलाई जिताउन एमालेले जित्नुपर्छ : ओली

दैनिक नेपाल २०७९ भदौ १ गते १६:०७

काठमाडौँ, १ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमालेले कुनै पनि हालतमा जित हासिल गर्नुपर्ने बताएका छन् ।

पूर्वमन्त्री हेमराज राईसहित जसपाका नेता कार्यकर्तालाई पार्टीमा स्वागत गर्दै ओलीले देशलाई जिताउन एमाले एकजुट भएर चुनावमा जानुपर्ने प्रष्टाएका हुन् ।

‘देशको लागि आगामी निर्वाचन निर्णायक मोड हो। प्रतिक्रियावादी शक्तिहरूलाई एकमुष्ट पराजित गर्नुपर्छ। विभिन्न नाममा दक्षिणपन्थीहरूलाई एकैपटक हटाउनुपर्छ। एमालेको गन्तव्य रोक्नको लागि सबै लागिपरेका छन्। तर, हामीलाई असफल हुने छुट छैन’, उनले भने ।

उनले एमालेले हार्‍यो भने पूरै देशले हार्ने बताए। ओलीले भने, ‘एमालेविरुद्ध अनेकथरि तत्वहरु जोडिएका छन्। यो जोडाइ त्यसको नाम बडो नराम्रो राखेका छन् गठबन्धन। नेपालमा भएको गठबन्धन देशद्रोही हो। जनतालाई ढाँट्छ। एमसिसीलाई पत्र लेख्छ अनि होइन भन्छ पछि पत्र बाहिरिएपछि होइन भन्छ लाज शरम छैन ।’

प्रतिक्रिया
सम्बन्धित