शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

एमालेमा प्रवेश गर्नेको ‘लर्काे’ : एकैदिन पुर्वमन्त्रीसहित जसपाका ५६ नेतालाई ओलीले गरे स्वागत

दैनिक नेपाल २०७९ भदौ १ गते १५:५८

काठमाडौँ, १ भदौ । दिन प्रतिदिन बिभिन्न पार्टी छाडेर नेकपा एमालेमा प्रवेश गर्नेहरुको संख्या बढ्न थालेको छ । एमालेले गरेको राष्ट्र, राष्ट्रियता र जनपक्षीय कामबाट प्रभावित भएर पार्टी प्रबेश गर्नेहरु बढ्न थालेका हुन् ।

बुधबार पनि एकैदिन जसपा छाडेर पुर्वमन्त्री देखि कन्द्रिय नेता, प्रदेश स्तरीय र जिल्ला स्तरीय नेताहरु एमालेमा प्रवेश गरेका छन् । पार्टी प्रवेश गर्नेहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रवेश गराएका हुन्।

पूर्वमन्त्री हेमराज राईसहित जसपा केन्द्रीय सदस्यहरु शान्त कुमार प्रधान, भूराज राई, सविना अर्याल, रामसिंह राई, चन्द्रविक्रम राई, उमेश थापा, पवित्रा तिमल्सिना, कर्ण बहादुर रतौकी, सुनिल विश्वकर्मा, शंकर बं सार्की पार्टी प्रवेश गरेका हुन्।

त्यस्तै, १० जना संघीय परिषद् सदस्य, १९ जना प्रदेश समिति पदाधिकारी तथा सदस्य, ११ जना जनसंगठन केन्द्रीय समितिका पदाधिकारी तथा सदस्य, ४५ जना जिल्ला तथा स्थानीय तहका पदाधिकारीहरु पार्टी प्रवेश गरेको एमाले केन्द्रीय कार्यालयले बताएको छ।

हेर्नुहोस्, जसपा छाडेर एमाले प्रवेश गर्नेहरुको नामावली :

 

 

प्रतिक्रिया
सम्बन्धित