३ मंसिर २०८३, बिहिबार

माओवादीका नेता भन्छन् : ‘हँसिया हथौडा चिन्ह लिएर उठेपनि वामदेवले फेरि चुनाव हार्छन्’

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ भदौ । नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य युवराज दुलाल शरदले नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमलाई जनताले अनुमोदन नगर्ने तर्क गरेका छन् ।

माओवादी केन्द्रको चुनाव चिन्ह गोलाकारभित्रको हँसिया हथौडाबाट लड्ने सहमति भएपछि संयोजक गौतम प्रति दुलालले असन्तुष्टि जनाएका हुन्।

उनले फेसबुकमा लेखेका छन्, ‘…भन्दा देख्नेलाई लाज। हामी कोही राजनीतिकर्मी लाजहराम भयौं भन्दैमा राजनीतिनै लाजहराम त हुदैन नी। राष्ट्रिय सभा सदस्य राजीनामा दिएर चुनाव उठ्ने कुरा देशको आवश्यकता होइन। गोलाकारभित्रको हँसिया हथौडा चिन्हमा उठे पनि हुदैन, अरु कुनैमा उठे पनि मतदाताले अनुमोदन गर्दैनन् । चेतना भया।’

राष्ट्रिय सभा सदस्य राजीनामा दिएर चुनाव उठ्ने कुरा देशको आवश्यकता नभएको उनको बुझाइ छ।  २०७४ को निर्वाचनमा गौतम बर्दियाबाट पराजित भएका थिए।