३ मंसिर २०८३, बिहिबार

निहारिका प्रकरणमा आरोपित श्रेष्ठ पक्राउ

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ साउन । निहारिका राजपुत प्रकरणका आरोपित शिवराज श्रेष्ठ पक्राउ परेका छन् । श्रेष्ठलाई मंगलबार साँझ धनुषाबाट नियन्त्रणमा लिइएको केन्द्रीय प्रहरी प्रवक्ता डिआइजी टेकप्रसाद राईले जानकारी दिए ।

उपत्यका अपराध अनुसन्धान कार्यालय र धनुषा प्रहरीको संयुक्त टोलीले श्रेष्ठलाई धनुषाबाट पक्राउ गरेको हो । सोनाली कुमारी सिंह अर्थात् निहारिका राजपुतले डीएनए टेष्टको माग गरेकी थिईन् । श्रेष्ठले पनि आफुले कुनै अपराध नगरेको भन्दै डिएनए टेष्टका लागि तयार भएको बताएका थिए ।

तर, उनलाई प्रहरीले कुन अभियोगमा पक्राउ गरेको हो ? त्यो भने खुलाएको छैन ।