शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

गोरखामा मलामी गएका पुरुष नदीले बगाउँदा बेपत्ता

दैनिक नेपाल २०७९ साउन ३१ गते १९:३२

काठमाडौँ, ३१ साउन । गोरखामा मलामी गएका एक पुरुष नुहाउने क्रममा नदीमा डुबेर बेपत्ता भएका छन् ।

गोरखा नगरपालिका वडा नं १३ सिम्लेफाँटका ५५ वर्षीय भूवनबहादुर अधिकारीे रामशाह घाटस्थित दरौँदी र मस्र्याङ्दीको दोभानमा बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

मंगलबार विहान आफन्तको शवको अन्येष्टिको क्रममा रामशाह घाटमा जाँदा उनी बेपत्ता भएका हुन् । दरौदी नदीतर्फको भंगालोमा पसेका उनी मस्र्याङ्दी नदीको भेलमा पुगेका डिएसपी लिलाराज लामिछानेले बताए ।

सो घटनालगतै स्थानीय र प्रहरी खोजी कार्यमा जुटेका छन् । चितवनको कुरिनटार स्थित सशस्त्र प्रहरीको उद्धार टोलीलाई पनि खोजीका लागि आग्रह गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित